Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहायक हवल्दार मृत्यु प्रकरण : अध्ययन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

    सहायक हवल्दार मृत्यु प्रकरण : अध्ययन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति गठन भएको छ ।

    ड्यूटी सकेर ड्यूटी सकेर फर्किँदै गर्दा गएराति प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो ।



    सतुंगल नजिकै कोठामा जाने क्रममा बा १ झ ७४१८ नम्बरको गाडीबाट ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक जाँचमा देखिएको छ ।



    तर उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएर छानबिन थालेको छ । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट डीएसपी सदस्य रहेका छन् ।

    उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ । भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादव भने प्रहरीको नियन्त्रणमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार