Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घरको तीन तलाबाट हामफालेकी आमा र कोठामा बेहोस भेटिएका दुई बच्चाको मृत्यु

    घरको तीन तलाबाट हामफालेकी आमा र कोठामा बेहोस भेटिएका दुई बच्चाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा घरको तीन तलामाथिबाट हामफालेकी एक महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको हो ।



    उनको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै उनको कोठामा बेहोस अवस्थामा भेटिएका दुई जना बच्चाको पनि मृत्यु भएको छ ।



    उनकी छोरी २ वर्षीया रविना महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई पनि बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो ।

    दुवैको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ती बालबालिकाको मृत्युको कारण भने खुलेको छैन् ।

    बच्चाहरूको मृत्यु कसरी भएको भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीको भनाई छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार