Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुन तस्करी जाँचबुझ आयोगले अखिल क्रान्तिकारीका महासचिव पुनसँग लियो बयान

    सुन तस्करी जाँचबुझ आयोगले अखिल क्रान्तिकारीका महासचिव पुनसँग लियो बयान

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 552
    SHARES

    काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा जाँचबुझ गर्न गठित आयोगले दिपेश पुनसँग पनि बयान लिएको छ ।

    सिंहदरबारमा रहेको आयोगले आइतबार अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो ।



    उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियनका दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएको थियो ।



    तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा अहिले थुनामा छन् ।

    राजस्व अनुसन्धान विभागले गत साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरेको ६० किलो ७ सय १७ ग्राम सुन प्रकरणमा दावा ब्यवस्थापकको भुमिकामा देखिएका थिए ।

    आयोगले यसअघि नै माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि बयान लिइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार