Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दीपेश पुनलाई आठ दिन थुनामा राख्न अदालतले दियो अनुमति

    दीपेश पुनलाई आठ दिन थुनामा राख्न अदालतले दियो अनुमति

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 432
    SHARES

    रुपन्देही । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    जिल्ला अदालत रुपन्देहीले सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।



    शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।



    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै बुटवल ल्याइएको थियो । पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद दिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    रुपन्देही प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गर्न काठमाडौं प्रहरीलाई पत्राचार गरेको थियो ।

    पुनमाथि बुटवलको सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । पोखराको सूर्यदर्शनदेखि सुप्रिम सहकारी र अरु ४ वटा सहकारीका अध्यक्ष जीबी राई फरार छन् ।

    यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

    पुन संस्थापक सचिव रहेको सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    सो सहकारीबाट विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण प्रवाह भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार