Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंबाट पक्राउ परेका पूर्वउपराष्ट्रपतिका छोरा दिपेशलाई किन लगियो भैरहवा ?

    काठमाडौंबाट पक्राउ परेका पूर्वउपराष्ट्रपतिका छोरा दिपेशलाई किन लगियो भैरहवा ?

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई बुटवल लगिएको छ । पुनलाई प्रहरीले हिजो काठमाडौंबाट पक्राउ गरेर हिजै सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगेको हो ।

    बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ ।



    उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो । सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् ।



    यस्तै गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो ।

    सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता रहेको उल्लेख छ । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदै गर्दा सहकारी ठगीमा पनि यसअघि नै पक्राउ पूर्जी जारी भएकाले पहिला भैरहवा पठाइएको बुझिएको छ ।

    अहिले उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । भोलि अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार