Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिआइबीले पक्राउ गर्ने भएपछि धरौटी तिरेनन् दिपेश पुनले

    सिआइबीले पक्राउ गर्ने भएपछि धरौटी तिरेनन् दिपेश पुनले

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 708
    SHARES

    काठमाडौैं । सुप्रिम सहकारीको ठगीमा पक्राउ परेका पूर्वउपराष्ट्रपति दिपश पुन जेल चलान भएका छन् ।

    जिल्ला अदालत, रुपन्देहीले चार लाख धरौटी बुझाउन भनेकोमा उनले धरौटी बुझाएका छैनन् ।



    पैसा नभएर धरौटी नबुझाएको उनको आफन्तले बताएका छन् । खासमा छुटेलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले पक्राउ गर्ने भएपछि उनले धरौटी नबुझाएका हुन् ।



    प्रहरीले मुद्दा चलाउँदा अभियोगपत्रमै छुटी जाने भएमा सिआइबीमा उपस्थित गराइने उल्लेख छ ।

    उनी सुप्रिम सहकारीको सचिवका रुपमा एक अर्ब धेरै हिनामिनामा संलग्न भएको प्रहरीको दाबी थियो । जिबी राईसँग मिलेर पुनले सहकारी ठगी गरेका हुन् ।

    सुन तस्करी प्रकरणमा पुनमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ ।

    सोही कारण उनले चार लाख धरौटी नबुझाएका हुन् । पुन अनेक किसिमका अपराधमा मुछिदै आएका छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार