Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गृहमन्त्रीको निर्देशन – दिपेश पुनका दाजुभाइको सुन तस्करीमा संलग्नताबारे छानबिन गर्नू

    गृहमन्त्रीको निर्देशन – दिपेश पुनका दाजुभाइको सुन तस्करीमा संलग्नताबारे छानबिन गर्नू

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराद्वय जितेन्द्र पुन र दिपेश पुनमाथि अनुसन्धान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका छन् ।

    उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई पुनमाथि छानबिन गर्न निर्देशन दिएका हुन् ।



    लामिछानेको सचिवालयका अनुसार जितेन्द्र सुन तस्करीमा संलग्न भएको समाचार बाहिरिएपछि आईजीपी कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको छ ।



    पूर्वउपराष्ट्रपति छोरा जितेन्द्रले बुबाको पदीय हैसियतको आडमा सुन तस्करी गरेको आरोप छ ।

    उनले चीनको एक कम्पीसँग उधारोमा चार किलो सुन किन्न ६ अक्टोबर २०१९ मा गरेको तमसुक समेत बाहिरिएको थियो ।

    यस्तै पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दिपेश पनि सुन तस्करीमा मुछिएका थिए । उनीमाथि पनि अनुसन्धान जारी रहेको बताइएको छ ।

    ६० किलो सुन तस्करीमा संलग्न बेल्जियनका दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएको थियो । प्रहरीले उनलाई बयान कागज गराएर छाडेको थियो भने सुन तस्करीबारे छानबिन गर्न गठित समितिले पनि उनको बयान लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार