Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विरामी मृत्यु भएको ११ वर्षपछि खुल्यो नक्कली डाक्टरको पोल, तीन जना पक्राउ

    विरामी मृत्यु भएको ११ वर्षपछि खुल्यो नक्कली डाक्टरको पोल, तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 669
    SHARES

    संकेतिक तस्विर

    खोटाङ । दिक्तेलको हलेसी पोलिक्लिनिकमा नक्कली डाक्टरले उपचार गर्दा विरामीको मृत्यु भएको घटनाको ११ वर्षपछि पोल खुलेको छ ।
    घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेसँगै डाक्टर नै नक्कली भएको खुलेको हो ।

    २०६९ फागुन १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का ७२ वर्षीय चन्द्रसेन राईको उपचारको क्रममा मृत्य भएको थियो ।



    तर, १९ वर्षपछि त्यसमा संलग्न सुनसरी गढी गाउँपालिका–३ मझौका ४१ वर्षीय जिवानन्द मेहता पक्राउ परेका हुन् ।



    महतोलाई माघ २४ गते उनकै घरबाट पक्राउ गरी दिक्तेल ल्याएर तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    प्रहरीका अनुसार मेहताले चीनबाट नक्कली सर्टिफिकेट ल्याएको भन्ने सूचना आएकाले त्यस विषयमा अनुसन्धान भइरहेको छ । यद्यपी प्रहरीले भने उनी नक्कली डाक्टर हुन् वा होइनन् भन्ने खुलाएको छैन ।

    उक्त घटनामा संलग्न आरोपमा हलेसी पोलिक्लिनिकका सञ्चालक सप्तरी बोदेरबर्साइन नगरपालिका–२ बैरियाका ४२ वर्षीय अशोकुमार साह र सप्तरीकै छिन्नमस्ता गाउँपालिका–५ का ४२ वर्षीय महेशप्रसाद साहलाई पनि माघ २८ गते नै पक्राउ परेका छन् ।

    चन्द्रसेनको मृत्युपछि उनकी श्रीमती देवीसरा राईले २०६९ चैत १४ गते दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान केसमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार