Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बिरामीका आफन्तलाई यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ

    बिरामीका आफन्तलाई यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 3.6K
    SHARES

    सप्तरी । बिरामीका आफन्तलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाल रोग विशेषज्ञ डा. राजन जयसवाललाई पक्राउ गरेको छ।

    यौन दुर्व्यवहारको आरोप लागेपछि सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सक डा. राजन जयसवाल निलम्बनमा परेका छन् ।



    सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाका अनुसार तनाव बढ्दै गएपछि आरोपित डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।



    पीडितले महिला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ निवासी ३२ बर्षीया महिलाले सोही अस्पतालमा दुई दिन अघि जन्मिएकी भान्जीलाई चेकजाचको क्रममा बन्द कोठाभित्र डा. जयसवालले आफूमाथी यौनदुव्र्यहार गरेको आरोप लगाएकी छिन् ।

    पतिलाई पूर्जा लेख्दै औषधी लिन बाहिर पठाएर जाँच्ने कोठामा आफ्नो भित्रि बस्त्र खोल्न लगाएर यौन दुव्र्यबहार गरेको पीडित महिलाले बताएकी छन् ।

    भान्जीलाई जाँच्ने क्रममा डाक्टरले आफ्नो वैवाहिक अवस्थाबारे सोध्दा आफूले चार बर्षअघि बिहे गरेको र हालसम्म सन्तान नभएको बताएपछि डाक्टरले भित्री वस्त्र खोल्न लगाई शरीरको संवेदनशिल अंगहरुमा हात लगेको महिलाले आरोप लगाएकी छन् ।

    महिलाले प्रतिवाद गर्दै हल्ला गरेपछि जम्मा भएको भींडले डाक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पीडित महिलाका पतिले बताए ।

    शुक्रबारै अस्पताल व्यवस्थापन समितिले एक प्रेस बिज्ञप्ती मार्फत् डा.जयसवाललाई निलम्बन गरिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार