Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • विवादास्पद एसपीलाई महत्वपूर्ण जिल्लाको जिम्मेवारी

    विवादास्पद एसपीलाई महत्वपूर्ण जिल्लाको जिम्मेवारी

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 28.4K
    SHARES

    काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः प्रहरीका एसपीको सरुवा भएको छ । सरुवामा बदनामहरू हाबी भएका छन् भने प्रहरी महानिरीक्षक कमजोर देखिएका छन् ।

    कार्यक्षमतामा कमजोर र विगतमा कारबाहीमा परेका अधिकृतहरूलाई नै मुख्य जिल्लामा पठाइएको छ । स्वयम्भु वृत्तमा हुँदा कारबाहीमा परेका मिलन केसीलाई झापा पठाइएको छ ।



    डन समिरमानसिंह बस्नेतलाई जेलमा गएर भेटेकोमा उनी कारबाहीमा परेका थिए । मोरङमा पठाइएका नवराज कार्की कमाण्डमा कमजोर मानिन्छन् । फिल्डमा कमजोर अधिकृतलाई मोरङ जस्तो संवेदनशील जिल्लाको नेतृत्व दिइएको छ ।



    महोत्तरीमा श्याम राईलाई पठाइएको छ । जो बौद्ध वृत्तमा हुँदा घुससहित पक्राउ परेका अधिकृत हुन् । धनकुटामा पठाइएका विमल बस्नेत ट्राफिकमा हुँदा घुस काण्डमा निलम्बनमा परेका थिए ।

    त्यस्तै, चितवनजस्तो संवेदनशील जिल्लामा पनि कमजोर कमाण्ड क्षमताका भावेस रिमाललाई पठाइएको छ । प्रचण्ड परिवारलाई खुशी बनाएर उनी चितवन गएका हुन् ।

    सुर्खेतमा हुँदा लागुऔषध मुद्दामा चलखेल गरेकोमा छानबिनमा तानिएका पदमबहादुर बिष्टको कैलालीमा सरुवा भएको छ ।
    स्रोतका अनुसार सरुवामा माओवादी र कांग्रेसका नेता हाबी भएका छन् ।

    तराईका सबै जसो जिल्लामा नेताकै सिफारिसमा सरुवा गरिएको छ । सरुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबीच टक्कर परेपछि मंगलबार प्रधानमन्त्री प्रचण्डले नै मध्यस्थता गरेर सरुवामा सहमति गराएका थिए ।

    एसपीपछि प्रहरी प्रधान कार्यालयले डिएसपीको पनि व्यापक सरुवाको तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार