Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा सुझाव संकलनको काम सकियो

    माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा सुझाव संकलनको काम सकियो

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 330
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ ।

    प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरुबाट आज सात टोलीबाट सुझाव प्रस्तुत भएको हो ।



    मङ्गलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।



    हिजो बुधबार १३ समूहबाट मस्यौदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको थियो । यस्तै आजै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार