Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अब माओवादी महाधिवेशन प्रतिनिधि बन्न १० वर्षको अनुभव चाहिने

    अब माओवादी महाधिवेशन प्रतिनिधि बन्न १० वर्षको अनुभव चाहिने

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 387
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को मस्यौदा विधानमा पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्न निश्चित पार्टी सदस्यता लिई दश वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

    मस्यौदामा युवा र गरिबीको रेखामुनि रहेको परिवार, महिला, दलित, मुस्लिम, मधेसी, आदिवासी जनजाति, थारू अपाङ्गतालाई भने मापदण्डमा केही लचकता देखाइएको छ ।



    यस्तो समूहबाट प्रतिनिधित्व गर्नेले भने पार्टी सदस्यता लिई ८ वर्ष मात्र काम गरेको भए पनि हुने मापदण्ड तोकिएको छ ।



    त्यस्तै, राष्ट्रिय महाधिवेशन प्रत्येक पाँच वर्षमा गर्ने विधानमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार