Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आगामी चैत र वैशाखमा दुईवटा अभियान सञ्चालन गर्ने माओवादीको निर्णय

    आगामी चैत र वैशाखमा दुईवटा अभियान सञ्चालन गर्ने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 417
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने भएको छ ।

    पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईवटा अभियान सञ्चालन गर्ने जानकारी गराएका हुन् ।



    जसअनुसार आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने भएको छ ।



    जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ ।

    त्यसैगरी हिमाल पहाड तराई राष्ट्रिय एकता अभियान पनि सञ्चालन गरिने छ ।

    उत्तर–दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म सञ्चालन हुने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार