Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललिता निवास प्रकरण : अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात दोषी ठहर

    ललिता निवास प्रकरण : अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात दोषी ठहर

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 885
    SHARES

    काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात दोषी ठहर भएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीवार निर्णय सुनाएको हो ।



    विशेष अदालतले पूर्वमन्त्री तथा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्तलाई पनि दोषी ठहर गरेको छ ।



    यस्तै अदालतले प्रेम बहादुर खापुङलगायतलाई ८० लाख बिगो असुल उपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने निर्णय गरेको छ ।

    यस्तै विशेष अदालतले बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा आरोपित पूर्व मन्त्रीहरू विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार