Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विशेष अदालतमा अख्तियारका पूर्वप्रमुखकाे बयान

    विशेष अदालतमा अख्तियारका पूर्वप्रमुखकाे बयान

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 4.3K
    SHARES

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात आइतबार विशेष अदालतमा उपस्थित भएका छन् ।

    सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दाकाे शिलशिलामा पूर्वप्रमुख बस्न्यात अदालतमा उपस्थित भएका हुन् ।



    उनको बयान भइरहेको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बताए । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा अहिले बयान चलिरहेको हो ।



    बयान सकिएपछि विशेष अदालतले बस्न्यातलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्नेमध्ये एउटा आदेश दिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार