Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेको केन्द्रीय सदस्यबाट ऐन महरले किन दिए राजीनामा ?

    एमालेको केन्द्रीय सदस्यबाट ऐन महरले किन दिए राजीनामा ?

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् ।

    केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।



    एमालेले उनीसहित सिराज अहमद फारूकीको पनि राजीनामा स्वीकृत गरिएको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए।

    अनेरास्ववियुको अध्यक्षसमेत भइसकेका महरले राजीनामा दिएको कारण भने खुलेको छैन । तर केही समयअघि उनको नाममा सामाजिक सञ्जालमा केही विवादित अडिओ र भिडिओ भाइरल भएका थिए ।

    उनी एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार