Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्याक्टर र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

    ट्याक्टर र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा ट्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङ रहेकी छिन् ।



    छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नम्बरको ट्याक्टर बिहीबार साँझ आपसमा ठोक्किएका थिए ।



    ट्याक्टर चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार