Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • त्रिवि उपकुलपति नियुक्तिको लागि आइतवार अन्तर्वार्ता

    त्रिवि उपकुलपति नियुक्तिको लागि आइतवार अन्तर्वार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 474
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतवार अन्तर्वार्ता हुने भएको छ ।

    छनोट तथा सिफारिस समितिले यसअघि प्रतिस्पर्धामा छनोट भएका १४ जना उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते आइतवार लिन लागेको हो ।



    प्रतिस्पर्धीहरुसँग विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । उम्मेदवारहरुलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ ।



    त्रिविको नयाँ उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्ट लिष्टमा परेका थिए । सर्टलिष्टमा परेकासँग बुधबारसम्म प्रस्तुति लिइएको थियो।

    अब आइतवार अन्तर्वार्ता सकिएपछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । कुलपतिले तीन जनामध्ये एकजनालाई नयाँ उपकुलपतिमा नियुक्त गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार