Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गृहमन्त्रीले एसपीहरूलाई थर्काए, १५ दिनमै तानिन सक्ने चेतावनी

    गृहमन्त्रीले एसपीहरूलाई थर्काए, १५ दिनमै तानिन सक्ने चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 3.2K
    SHARES

    काठमाडौैं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार बिहानै एसपीहरूलाई बधाई र निर्देशनका लागि गृह मन्त्रालय बोलाएका थिए । मंगलबार भएको सरुवामा कार्यालय प्रमुखका रूपमा जान लागेका एसपीहरूलाई मन्त्रालयमा बोलाइएको थियो ।

    कार्यक्रममा करिब आधा घण्टा मन्त्री श्रेष्ठ बोलेकोमा त्यसमध्ये आधा समय उनले गाली गर्नमै खर्चिए । एसपीहरूले अनावश्यक चलखेल गर्दा सरुवा लम्बिएको उनको आरोप छ ।



    ‘तपाईहरू सरुवाका लागि सबै जसो शीर्ष नेताका पुग्नुभएको रहेछ,’ उनले भने,‘मैलै प्रष्ट मापदण्ड बनाएर कार्यक्षमताका आधारमा सरुवाको तयारी गरेको थिए, यसरी सरुवामा दौडधुप गरेको राम्रो भएन ।’



    सरुवाको समयमा एक अधिकृतविरुद्ध अर्को मिडियाबाजी गरेकोमा समेत उनले असन्तुष्टि जनाएका थिए । कतिपय एसपीले तराईका जिल्ला जान अत्यधिक पावर लगाएकोमा गृहमन्त्री रुष्ट थिए ।

    ‘किन मोरङ नै जानुपर्ने, त्यही माथिको धनकुटा जिल्ला जान किन कसैलाई इच्छा छैन रु त्यहाँ त झन् काम पनि धेरै हुन्न ।’ सरुवामा गृहमन्त्रीले नरुचाएका केही एसपीले तराईका महत्वपूर्ण जिल्लाको कमाण्ड पाएका छन् ।

    ‘नेक्सस’का आधारमा काम गर्ने एसपीलाई १५ दिनमै हटाउने गृहमन्त्रीले चेतावनी दिएका छन् । ‘सरुवा भएपछि अब १०–१२ महिना बसौँला भन्ने सोच होला,’ उनले भने,‘कतै गलत गरेको पाइएमा जो सुकै पनि तानिन्छन् ख्याल गर्नुहोला ।’

    सामान्यतया सरुवाको समयमा डिआइजी र एआइजीलाई गृहमन्त्रीले यसरी निर्देशन दिने चलन छ । तर, उनले एसपीलाई समेत बोलाएकोमा कतिपयले अनौठो मानेका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले छुट्टै निर्देशन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार