Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्माको चेतावनी – संस्थाको हितविपरीत व्यत्तिगत फाइदामा नलाग्नू, दण्डित गर्छु

    प्रधानसेनापति शर्माको चेतावनी – संस्थाको हितविपरीत व्यत्तिगत फाइदामा नलाग्नू, दण्डित गर्छु

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले संस्थाको हितविपरीत व्यत्तिगत फाइदामा नलाग्न सैनिकहरूलाई चेतावनी दिएका छन् ।

    सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको ‘कमान्ड तथा स्टाफ तालिम’का सहभागी शिक्षार्थीहरूलाई बुधबार सम्बोधन गर्दै उनले त्यस्तो चेतावनी दिएका हुन् ।



    “व्यक्तिगत फाइदाका लागि संस्थाको हित प्रतिकूल गतिविधि गर्नेले उचित समयमा उचित ढंगले दण्डित हुनुपर्ने कुरा बताउँदै प्रधानसेनापतिले संस्थाको ‘चेन अफ कमान्ड’भित्रै सबैखाले समस्याको समाधान मिल्नेबारे प्रस्ट रहन अधिकृतहरूलाई सुझाव दिनुभयो,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



    तालिममा सहभागी सैनिक अधिकृतहरूलाई नेपाली सेनाका पछिल्ला प्रमुख गतिविधिहरूको बारेमा जानकारी गराउँदै उनले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रिय हितको प्रवर्द्धन हुने ढंगले काम गर्न निर्देशन दिएका थिए ।

    प्रविधिको दुरुपयोग, सवारी दुर्घटना, आत्महत्यासम्बन्धी सोच र प्रयास पछिल्ला दिनमा देखिएका चिन्ताजनक विषय भएकाले यस्ता कुराहरू रोक्न सबैले सजगता एवं सतर्कता अपनाउन जरुरी भएको प्रधानसेनापति शर्माले बताए ।

    प्रचलित ऐन, नियम, कार्यविधिहरूको परिधिभित्र रहेर मातहतका सकलदर्जाको विश्वास जित्दै संस्था र देश हितमा समर्पित हुनेहरूले सदैव सफलता एवं प्रसन्नता हासिल गर्ने दाबी उनको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार