Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्रमा को बन्दैछ डीआईजी ?

    सशस्त्रमा को बन्दैछ डीआईजी ?

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 31.5K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त डीआईजीको एक पदका लागि ६ जनाले फर्म भरेका छन् । जुनियर एसएसपी दीपेन्द्र कुँवरले समेत फर्म भरेर शक्तिकेन्द्रबाट दबाब दिएपछि बढुवा सिफारिस पेचिलो बनेको छ ।

    एसएसपीमध्ये सबैभन्दा सिनियर कृष्णराज पाठक छन् । तर, कार्यसम्पादनमा असाध्यै कमजोर भएकाले उनको बढुवा हुने सम्भावना छैन । सशस्त्रको सिंस १ का एसएसपीहरू दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा बढुवाका प्रमुख दाबेदार छन् ।



    यो ब्याचबाट हाल वरियतामा पहिलो नम्बरमा रहेका अधिकारीलाई बढुवा गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रस्ताव गरेका छन् ।



    तर, सिंस २ का एसएसपी कुँवरको चलखेलले आइजिपी तनावमा परेका छन् । यसअघि पनि कुँवरले बढुवाका लागि चलखेल गर्दा बढुवा रोकिएको थियो ।

    उनकै चलखेलका कारण सिफारिस हुन सकेको छैन । फर्म भर्ने म्याद गत १० फागुनमा नै सकिएको छ । सिंस १ का एसएसपीलाई छाडेर अर्को ब्याचबाट एकल बढुवा गर्दा संगठनमा अराजकता आउने अवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार