Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • माओवादीको स्थायी कमिटी बैठक आज पनि, मंगलबार छलफल भएका विषयमा निर्णय हुने

    माओवादीको स्थायी कमिटी बैठक आज पनि, मंगलबार छलफल भएका विषयमा निर्णय हुने

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 369
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी छ ।

    हिजोको स्थायी कमिटी बैठकमा नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका थिए ।



    बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाड्न नहुने बताएका थिए ।



    राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका बेला माओवादी केन्द्रका नेताहरूको यस्तो धारणा आएको हो ।

    हिजोको बैठकमा राष्ट्रियसभाको अध्यक्ष, पार्टी नेताहरूको कार्य विभाजन, भावी योजनालगायत विषयमा छलफल भए पनि निर्णयमा पुग्न बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार