Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीले कैलालीमा समात्यो १८ लाखको अवैध सामान, चार महिला पनि पक्राउ

    सशस्त्र प्रहरीले कैलालीमा समात्यो १८ लाखको अवैध सामान, चार महिला पनि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 732
    SHARES

    कैलाली । कैलालीमा सशस्त्र प्रहरीले साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ ।

    सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करीब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई पक्राउ गरेको हो ।



    प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न ईलेक्ट्रोनिक सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।



    सामान ओसारपसारमा संलग्न धनगढी उपमहानगरपालिका –२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक खेम ठकुल्लाले जानकारी दिए ।

    उनकाअनुसार यो सहित ६ फागनुदेखि १६ फागुनसम्मको १० दिनमा गण तथा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म र बिओपिबाट १८ लाख ५६ हजार रुपैयाँ बरावरको अवैध सामान बरामद गरि कारवाहीका लागि भन्सार बुझाइएको छ । यस्तै एक लाख ३७ हजार बराबरको कुखुरा तथा माछा बरामद गरी नष्ट गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार