Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

    प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 336
    SHARES

    फाइल तस्विर

    महेन्द्रनगर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६ लाख बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार दुई दिनयता भारतबाट भन्सार छली गरेर ल्याएको गहुँ, ट्रली र दैनिक उपभोग्य सामाग्री बरामद गरिएको हो ।



    बरामद गरिएका सामाग्री कञ्चनपुर भन्सार कार्यालयको जिम्मा लगाइएको छ । “भारतबाट भन्सार छलेर ल्याइएका सामाग्री बरामद गरेर भन्सारको जिम्मा लगाउँदै आएका छौँ”, प्रहरी नायव उपरीक्षक जोशीले भने ।



    प्रहरीले चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्ममा कञ्चनपुरमा रु चार करोडभन्दा बढीको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार