Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विद्यालयलाई एक करोड सहयोग जुट्यो

    विद्यालयलाई एक करोड सहयोग जुट्यो

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 750
    SHARES

    फाइल तस्विर

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ ।

    दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पूनःमिलन अभियानमार्फत उक्त रकम संकलन भएको हो ।



    विसं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणी सापकोटाले नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए ।



    संकलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उनले बताए । गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ ।

    २४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म २०७ जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका–४ बास्कुना घर भई हाल न्युजिल्याडमा रहेका लालबहादुर केसीले सबैभन्दा बढी २५ लाख सहयोग गरेको संयोजक सापकोटाले जानकारी दिए ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डका अध्यक्षसमेत रहेका उनले हजुरआमा गौमति खत्रीको स्मृतिमा उक्त रकम सहयोग गरेका हुन् ।

    विद्यालयमा हाल करिब २५० विद्यार्थी अध्ययनरत छन् । श्रवण क्षमता नभएका बालबालिकालाई लक्षित गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार