Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यी हुन् समीक्षा अधिकारीको नजरमा दुई प्रकारका बलात्कारी !

    यी हुन् समीक्षा अधिकारीको नजरमा दुई प्रकारका बलात्कारी !

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    काठमाडौँ । गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।

    सालिनको तस्बिरसँगै राखिएको पोस्टमा समीक्षाले ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्’ भनी उल्लेख गरेकी छन्।



    जसमा उनले पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ भनेर नामकरण गर्दै त्यस्ता प्रकारका बलात्कार ‘जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्’ भनेर टिप्पणी गरेकी छन्।



    दोस्रो प्रकारका बलात्कारीमा ‘जबरजस्ती गर्ने बलात्कारी’ भनेर उल्लेख गरेकी छन्। जसबारे उनले ‘जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्’ भनेर टिप्पणी गरेकी छन् ।

    अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् । साथै उनले चितवनकी बहिनी सालिना पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार