Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सालिन मृत्यु प्रकरणबारे प्रधानमन्त्री प्रचण्ड – परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ

    सालिन मृत्यु प्रकरणबारे प्रधानमन्त्री प्रचण्ड – परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 750
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको एक विद्यालयको छात्रावासमा मृत्यु भएकी १४ वर्षीया छात्रा सालिन पोखरेललाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    उनले शनिवार साँझ सामाजिक सञ्जालमार्फत यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।



    उनले घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आफूले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको बताए ।



    ‘चितवनको एकता शिशु निकेतन स्कूलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्युले मलाई गम्भीर र दुःखी तुल्याएको छ । घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु । घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ,’ उनले फेसबुकमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार