Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सालिनको पोस्टमार्टम रिर्पोटमा देखिएन बलात्कार

    सालिनको पोस्टमार्टम रिर्पोटमा देखिएन बलात्कार

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयको छात्रावासभित्र मृत भेटिएकी सालिन पोखरेलको पोष्टमार्टम रिर्पोटमा बलात्कार नभएको देखाएको छ।

    प्रहरी स्रोतका अनुसार काठमाडौंको टिचिङ अस्पताल गरिएको पोखरेलको शवको पोष्टमार्टममा उनको बलात्कार नभएको रिर्पोट नेगेटिभ आएको हो ।



    स्रोतका अनुसार त्रिवि अस्पतालले प्रहरीलाई पठाएको पोस्टमार्टम रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ ।



    गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुरको एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोखरेलको मृत्यु भएको थियो। बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

    उनको मृत्युपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उक्त घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए । हिजोमात्रै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा स्टाटस लेख्दै घटनाको सुक्ष्म अनुसन्धानका लागि आफूले निर्देशन दिएको बताएका थिए ।

    बालिका मृत भेटिएको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डीएसपी श्रीराम भण्डारीसँग संयुक्त ब्रिफिङ लिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार