Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, ३८ जनाको जीवितै उद्धार

    त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, ३८ जनाको जीवितै उद्धार

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । त्रिशूली नदीमा बस खस्दा ५ जनाको मृत्यु भएको छ ।

    धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको हो ।



    अहिलेसम्म ५ जनाको मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ । हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको बताइएको छ ।



    घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ ।

    उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार