Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • त्रिशूली बस दुर्घटना अपडेट : मृतक पाँच पुरुष र एक महिला, ३७ जनाको उद्धार

    त्रिशूली बस दुर्घटना अपडेट : मृतक पाँच पुरुष र एक महिला, ३७ जनाको उद्धार

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.8K
    SHARES

    काठमाडौँ । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

    कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस बिहान ५ बजे गति अनियन्त्रित भई त्रिशूली नदीमा खसेको थियो ।



    जसमा गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।



    नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

    उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको छ ।

    बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार