Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • त्रिशूली बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, सबैको सनाखत हुन बाँकी

    त्रिशूली बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, सबैको सनाखत हुन बाँकी

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ ।

    कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेंसी भन्ने ठाउँबाट बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो ।



    दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।



    प्रहरी उपरीक्षक केसीले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए। उनले भने, ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।’

    घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ ।

    बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार