Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 300
    SHARES

    काठमाडौं । भारतका लागी नेपाली राजदूत नविन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

    बिहीवार बिहान परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटघाट भएको हो ।



    भेटघाटमा द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल भएको मन्त्रालयले जनाएको छ । राजनीतिक समीकरण फेरिएपछि पहिलोपटक भारतको तर्फबाट कूटनीतिक भेट भएको हो ।



    कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थन लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका परराष्ट्रमन्त्री श्रेष्ठसँग पहिलो पटक विदेशी कूटनीतिज्ञले भेटेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार