Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपालविरुद्ध १० ओभरमा हङकङले बनायो ८४ रन

    नेपालविरुद्ध १० ओभरमा हङकङले बनायो ८४ रन

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 387
    SHARES

    काठमाडौं । नेपालविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा हङकङले १० ओभरमा २ विकेटको क्षतिमा ८४ रन बनाएको छ ।

    अन्सी राथ २२ रन बनाएर खेलिरहेका छन् । उनले यसक्रममा एक चौका र एक छक्का हिर्काएका छन् ।



    बाबर हायातले एकै ओभरमा ३ छक्का हिर्काउँदै १४ बलमा २८ रन बनाएर नटआउट छन् । यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने ।



    अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए । आकाश चन्दको बलमा आउट हुनअघि उनले ५ चौका र १ छक्का हिर्काए ।

    नेपालको टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विवेक यादव, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विनोद भण्डारी, प्रतिश जिसी, सागर ढकाल, रासिद खान र आकाश चन्द रहेका छन् ।

    त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ ।

    त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार