Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • टस जितेर हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

    टस जितेर हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 300
    SHARES

    काठमाडौं । नेपालले टी-२० आई खेलमा घरेलु टोली हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

    नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । आजको खेलमा नेपालले तीव्र गतिका बलर आकाश चन्दले डेब्यू गरेका छन् ।



    उनले टी-२० आई खेलमा डेब्यू गरेका हुन् । नेपालबाट दुई ओडीआई खेल खेलेका छन् । अघिल्लो महिना क्यानडासँग ओडीआई खेलमा उनले नेपालको लागि डेब्यू गरेका थिए ।



    नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल र हङकङबीच हालसम्म ७ टी-२० आई खेल भएका छन् ।

    नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ । गत अक्टोबरमा मुलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो ।

    त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार