Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • हङकङले नेपाललाई दियो २१३ रनको विशाल लक्ष्य

    हङकङले नेपाललाई दियो २१३ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 318
    SHARES

    काठमाडौं । मैत्रीपूर्ण टी-२० आई खेलमा हङकङले नेपालसामु २१३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको हो । हङकङका बाबर हयातले शतकीय इनिङ खेले ।



    उनले ४९ बलमा ११० रनको उत्कृष्ट इनिङ खेलेर आउट भए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाए ।



    उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गरे । एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।

    यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए ।

    आकाश चन्दको बलमा आउट हुनअघि उनले ५ चौका र १ छक्का हिर्काए । अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भए ।

    उनले ३ चौका र २ छक्का हिर्काए । विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए ।

    नेपालको टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विवके यादव, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विनोद भण्डारी, प्रतिश जिसी, सागर ढकाल, रासिद खान र आकाश चन्द रहेका छन् ।

    त्रिकोणात्मक शृंखला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार