Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता

    सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता

    १ अर्ब ४० करोड बिगो माग दावी

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 411
    SHARES

    काठमाडौं । सुन तस्करी गरेको आरोपमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध मुद्दा दायर भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।



    गुरुङविरुद्ध १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिवाना र ५ वर्ष कैद सजायको माग गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।



    उक्त सुन तस्करी प्रकरणमा यसअघि ९ जना विरुद्ध मुद्दा दायर भईसकेको छ । सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमति दिएसँगै शुक्रबार मुद्दा दर्ता गरेको भन्सार कार्यालय स्रोतले जनाएको छ ।

    गुरुङविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३८ किलो सुन तस्करीमा संलग्न रहेको आरोप छ । मंसिर २१ गते १४ किलो सुन सहित गोरखाका चन्द्र घले प्रक्राउ परेपछि सुन ल्याउने मुख्य योजनाकार गुरुङ गरेको भेटिएको थियो ।

    उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गत फागुन १४ गते प्रक्राउ गरेको थियो । प्रक्राउ पछि विमानस्थल भन्सार कार्यालयले गरेको छानविन र अनुसन्धानमा भरियाले ल्याएको सुन गुरुङले जिम्मा लिने र व्यवस्थापन गर्ने गरेको भेटिएको थियो ।

    गुरुङ प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार