Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करीमा कारबाही सिफारिस भएकी सीआईबी प्रमुख बज्राचार्यको सरुवा

    सुन तस्करीमा कारबाही सिफारिस भएकी सीआईबी प्रमुख बज्राचार्यको सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 774
    SHARES

    काठमाडौं । मन्त्रिपरिषदको बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको सरूवा गरेको छ।

    एआइजी श्यामलाल ज्ञवाली र सीआईबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई सरूवा गरिएको हो ।



    ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा सरूवा गरिएको छ भने बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।



    सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार