Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चले चैत १२ गते फैसला सुनाउने

    दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चले चैत १२ गते फैसला सुनाउने

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 444
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा आयोगविरुद्ध बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले दायर गरेको मुद्दामा बहस सकिएको छ ।

    मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको हो ।



    झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।



    लगत्तै फेरि उनले नै ३० असोज २०७७ मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गरेका थिए ।

    रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार