Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हतियारसहित पक्राउ परेका प्रसाईंका बडीगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

    हतियारसहित पक्राउ परेका प्रसाईंका बडीगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीहरुलाई अदालतले मंगलबार पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।



    सोमबार सर्वोच्चमा हतियार बोकेर जान खोजेका दुर्गा प्रसाईंका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमालमाथि प्रहरीले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।



    उननीहरू सोमबार बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्न खोजेका थिए ।

    सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले जाँच गर्ने क्रममा उनीहरूबाट इजाजत प्राप्त बन्दुक बरामद भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार