Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको प्रमाण भेटिएन : आईजीपी कुँवर

    सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको प्रमाण भेटिएन : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन्।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले सो कुरा बताएका हुन् ।



    नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।



    जवाफ दिने क्रममा आईजीपी कुँवरले भने,‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन ।अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’

    आईजीपी कुँवरले सहकारी ठगी प्रकरणमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा गृहमन्त्री लामिछानेको संलग्नता नदेखिएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार