Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रहरीले दिने सेवा वैज्ञानिक र प्रविधिमैत्री हुनुपर्छ : आईजीपी कुँवर

    प्रहरीले दिने सेवा वैज्ञानिक र प्रविधिमैत्री हुनुपर्छ : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 849
    SHARES

    तानसेन । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीले दिने सेवा प्रविधिमैत्री हुनुपर्ने बताएका छन्।

    जिल्ला प्रहरी कार्यालय पाल्पाको नवनिर्मित भवनको उद्घाटन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।



    आईजीपी कुँवरले प्रहरी सेवालाई वैज्ञानिक र प्रविधिमा आधारित हुनुपर्ने बताए। उनले प्रहरीलाई मजबुत र सक्षम बनाउनका लागि संगठन लागिपरेको बताए।



    प्रविधिको माध्यमबाट जनताको सुरक्षामा २४ सै घण्टा खटिने गरी संगठन सबै क्षेत्रमा पहुँच पुर्‍याउने अभियानमा लागेको आईजीपी कुँवरको भनाइ छ।

    प्रहरी कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर, हिरासत भवन र शौचालयको निर्माण गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार