Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा जीबीलाई ल्याउन समस्या भयो : आईजीपी कुँवर

    मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा जीबीलाई ल्याउन समस्या भयो : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 621
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीको मुख्य व्यक्ति अध्यक्ष जिबी राई नै भएको बताएका छन् ।

    संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।



    आईजीपी कुँवरले भने,‘उनी मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सुपुर्दगी सन्धि छैन । मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ । मलेसिया सरकारले सुपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि मन्त्रालय मार्फत पठाइसकेका छौं ।’



    आईजीपी कुँवरले राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भइसकेको बताए ।

    तर पत्र पुग्दा पनि सुर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको उनले बताए ।

    यद्यपि यसमा परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासले पनि काम गरिरहेको आईजीपी कुँवरले बताए ।

    यसमा नेपालको मुख्य समस्या नै सुपुर्दगी सन्धिको अभाव भएको आईजीपी कुँवरको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार