Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईजीपी कुँवरले भने – अनुसन्धानमा सहयोग नगरेपछि महरालाई पक्राउ गरेका हौँ

    आईजीपी कुँवरले भने – अनुसन्धानमा सहयोग नगरेपछि महरालाई पक्राउ गरेका हौँ

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 432
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सुन तस्करीमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महराले सहयोग नगरेपछि पक्राउ गरिएको स्पष्ट पारेका छन्।

    राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै आइजीपी कुँवरले यस्तो बताएका हुन् ।



    आईजीपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताए ।



    आईजीपी कुँवरले भने, ‘भेप केसमा महराको नाम सुरुदेखि नै आएको थियो । प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि छलफल गरेर नै महरालाई पक्राउ गरेका हौँ । अदालतले स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर अनुसन्धान गर्न आदेश दिएकाले सोही अनुसार अनुसन्धान भइरहेको छ ।

    पूर्वसभामुख महराले पिएसओ र गाडी छाडेर हिँडेपछि उनलाई पक्राउ गर्न प्रहरी बाध्य भएको आईजीपी कुँवरले बताए ।

    ‘सुन तस्करी सुरुदेखि नै अनुसन्धानमा आएको विषय थियो, आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा संवेदनशील बन्यौं, कानूनी दायरामा ल्याउनुपर्छ भन्ने हिसाबमा गयौं । त्यसक्रममा गाडी छाडेर हिँड्नुभएपछि ल्याएका हौं ।’ आईजीपी कुँवरले थप बताए ।

    उनले स्वास्थ्य अवस्थाले हिरासतमा अप्रिय घटना नहोस् भनेर हिरासत बाहिर राखेर अनुसन्धान गर्नुपरेको बताए । प्रहरीले महरालाई ५ चैतमा कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार