Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आईजीपी कुँवर भन्छन् – अध्यागमन अधिकृतलाई हातपात गर्ने प्रहरी पुरस्कृतबारे छानबिन गर्दैछौँ

    आईजीपी कुँवर भन्छन् – अध्यागमन अधिकृतलाई हातपात गर्ने प्रहरी पुरस्कृतबारे छानबिन गर्दैछौँ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 19.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई पुरस्कृत गरेकोबारे छानबिन भइरहेको बताएका छन् ।

    राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै आईजीपी कुँवरले सो कुरा बताएका हुन् ।



    विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले अध्यागमन अधिकृत छायालाल मोक्तानलाई हातपात गर्ने प्रहरी नायब निरीक्षक (सई) प्रकाश चौधरी, सहायक निरीक्षक (असई) सञ्जय तामाङ र जवान रविजंग गुप्तालाई पुरस्कृत गरेका थिए ।



    सोबारे र डीआईजी चन्दले राजीनामा दिएकोबारे पूर्वगृहमन्त्री रवि लामिछानेले बैठकमा कुरा उठाएका थिए । त्यसको जवाफमा आईजीपी कुँवरले डीआईजीको राजीनामा आएको तर राजीनामा स्वभाविक रुपमा आएको हो वा होइन भन्ने प्रश्न रहेको बताए ।

    उनले डीआईजी चन्द हाल बिदामा रहेका जानकारी गराए । साथै ठकुरीले आफू मातहतका तीन प्रहरीलाई पुरस्कृत गरेको विषयमा छानबिन भइरहेको आईजीपी कुँवरले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार