Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अध्यागमन अधिकृतलाई कुट्ने तीन प्रहरी नगदसहित पुरस्कृत

    अध्यागमन अधिकृतलाई कुट्ने तीन प्रहरी नगदसहित पुरस्कृत

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 35.5K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरी नगदसहित पुरस्कृत भएका छन् ।

    विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले प्रहरी नायब निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगदसहित पुरस्कृत गरेका हुन् ।



    स्रोतका अनुसार विमानस्थलमा खटिएका चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८०० रुपैयाँले पुरस्कृत गरेका गरिएको हो । उनीहरुलाई पुरस्कृत गरिएको बारे प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाइएको स्रोतले बतायो ।



    विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत शाखा अधिकृत छायालाल मोक्तानलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । शुक्रबार ड्युटी सकेर निस्किने क्रममा प्रहरीले खानतलासी गर्न खोज्दा विवादित छविका छायालालले प्रहरी जवानलाई असहयोग गरी गाली गरेपछि विवाद भएको थियो ।

    त्यसपछि कुटाकुट भएको थियो । विवाद हुँदा उनले सुरुमा लात्तीले प्रहरीलाई हानेको सिसिटिभी फुटेजमा देखिएको छ । पछि सिसिक्यामेराको मोनिटर कक्षमा पनि कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो ।

    सोही घटनामा गृह मन्त्रालयले बनाएको छानबिन समितिले असई तामाङ र जवान गुप्तालाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

    त्यसपछि सो निर्णयप्रति असन्तुष्ट जनाउँदै डीआईजी चन्दले राजीनामा दिएका थिए । तर तीन दिनमै उनले राजीनामा फिर्ता लिएका थिए । पटकपटक विवादमा परेका डीआईजी चन्दले स्टन्टबाजी गर्दै राजिनामा बुझाएको कतिपयको टिप्पणी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार