Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • तीन दिन बित्न नपाउँदै डीआईजी चन्दले फिर्ता लिए राजीनामा

    तीन दिन बित्न नपाउँदै डीआईजी चन्दले फिर्ता लिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 5.5K
    SHARES

    काठमाडौं । गत शुक्रबार पदबाट राजीनामा दिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका  प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन्।

    डीआईजी चन्दले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएका हुन् । डीआईजी चन्दले  माघ १९ गते पदबाट राजीनामा दिएका थिए ।



    उनले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालयले सुझाएको स्रोतले बतायो ।



    प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएको स्रोतले बतायो । डीआईजी चन्द कुँवरकै ब्याचमेट हुन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनामा आफ्नै मातहतका कर्मचारीहरुलाई बचाउन नसकेपछि डीआईजी चन्दले राजीनामा दिएका थिए।

    विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा छानबिन गर्न गठित समितिले डीएसपी, असई र जवानलाई कारबाहीको सिफारसप्रति उनी रुष्ट थिए ।

    तर, तीन दिन बित्न नपाउँदै डीआईजी चन्दले राजीनामा फिर्ता लिएका हुन् ।

    चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । डीआईजी चन्दको सेवा अवधि २०८१ चैतसम्म रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार