Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अमेरिकन डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    अमेरिकन डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 762
    SHARES

    काठमाडौं । अमेरिकन डलरसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

    चिनियाँ नागरिक कोय बिनचाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थानबाट २५ हजार अमेरिकन डलरसहित पक्राउ गरिएको हो।



    ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला परेको प्रहरीले जनाएको छ।



    १ सय दरको २५० थान अमेरिकन डलर उनीबाट बरामद भएको हो।

    पक्राउ परेका चिनियाँ नागरिक कोय चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए।

    उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार