Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आफ्नै असईलाई जोगाउन नसकेपछि डीआईजी चन्दले दिए राजीनामा

    आफ्नै असईलाई जोगाउन नसकेपछि डीआईजी चन्दले दिए राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 70.4K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् ।

    शुक्रवार डीआईजी चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनामा आफ्नै मातहतका कर्मचारीहरुलाई बचाउन नसकेपछि डीआईजी चन्दले राजीनामा दिएको स्रोतले बतायो ।



    डीआईजी चन्दले उक्त प्रकरणमा कारबाहीमा परेका प्रहरी कर्मचारीलाई जोगाउन निकै पहल गरेका थिए ।

    तर, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी वसन्त कुँवरले सहयोग नगर्दा आफ्नै मातहतका कर्मचारी कारबाहीमा परेपछि डीआईजी चन्दले राजीनामा दिएको स्रोतले बतायो ।

    चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका  आईजीपी वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थल स्रोतले बतायो ।

    समितिले विवादमा संलग्न असई प्रकाश चौधरीलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको थियो।

    तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएका थिए। डीआईजी चन्दको सेवा अवधि २०८१ चैतसम्म रहेको थिए

    बिवादमा संलग्न अध्यागन विभागका अधिकृत छायाँलाल मोक्तानलाई भने समितिले जोगाएको थियो । मोक्तान यसअघि पनि बारम्बार विवाद आउने गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार