Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • डिआइजी चन्द : जमिम हत्यामा कनेक्सनदेखि एयरपोर्ट काण्डसम्म

    डिआइजी चन्द : जमिम हत्यामा कनेक्सनदेखि एयरपोर्ट काण्डसम्म

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 25.7K
    SHARES

    काठमाडौं । शुक्रबार राजीनामा दिएका नेपाल प्रहरीका डिआइजी अर्जुन चन्द ठकुरी विवादमा परिरहने प्रहरी अधिकारी हुन् । खासगरी कमजोर कमाण्ड कारण उनी विवादमा पर्दछन् ।

    कमाण्ड लगायत विवादकै कारण उनले राजीनामा दिएको प्रहरी स्रोत बताउँछ । २०५२ सालमा इन्स्पेक्टर पदबाट भर्ना भएका उनी पहिलेदेखि नै कमाण्डमा कमजोर रहेको ब्याचीहरु बताउँछन् ।



    डिएसपी हुँदा जमिम शाह हत्यामा संलग्न भारतीय अपराधीसँग उनको कनेक्सन देखिएको थियो । उनी त्यसबेला डिएसपी थिए । उनीसँगै गणेश चन्द, सुरेन्द्र सिंह लगायत प्रहरीसँग हत्याका योजना भारतीयले भेटेका थिए।



    पूर्व डिएसपी जगदीश चन्द त गिरोहमै सामेल थिए । त्यो घटनामा अर्जुनमाथि पनि छानबिन भएको थियो, तर त्यसबेला प्रहरी नेतृत्वमा सुदूरपश्चिममा उच्च अधिकारी भएकाले जोगिए । पछि एसपीमा उनी कैलालीमा बसे । त्यहाँ पनि उनी बारम्बार विवादमा परेका थिए ।

    डिआइजीमा बढुवा भएपछि विमानस्थलमा पोष्टिङ भएका उनी सुरुदेखि नै कमजोर देखिएका थिए । विमानस्थलमा अन्य निकायसँग समन्वय कमजोर देखिएको थियो । भिजिट भिसामा भाग खोजेपछि टकराब बढेको थियो । त्यही टकराब बढेर अघिल्लो शुक्रबार कुटाकुट भयो ।

    जसमा प्रहरीलाई दोषी देखाउँदै असई प्रकाश चौधरीलाई निलम्बन गरियो । घटनाको दिन डिआइजी चन्द विदामा थिए । छानबिन समितिले डिआइजीको समेत कमजोरी औँल्याएको छ ।

    विमानस्थलका एक अधिकारीका अनुसार उनको ध्यान काममा थिएन । हरेक महिना एक हप्ता बिदा बस्दथे । दुई महिनाअघि एयरलाइन्स कम्पनीसँग निःशुल्क टिकट मागेको घटना बाहिरिएको थियो ।

    काममा लापरबाही गरेको विषयलाई लिएर प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पनि उनको ध्यानाकर्षण गराउँदै आएका थिए । यही क्रममा उनले राजीनामा दिएका छन् । राजीनामा स्वीकृत भने भइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “डिआइजी चन्द : जमिम हत्यामा कनेक्सनदेखि एयरपोर्ट काण्डसम्म”

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार