Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अध्यागमन अधिकृतमाथि हातपातमा संलग्न तीन प्रहरीको काज सरुवा

    अध्यागमन अधिकृतमाथि हातपातमा संलग्न तीन प्रहरीको काज सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 1.6K
    SHARES

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतमाथि हातपातमा संलग्न तीनजना प्रहरीको काज सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविजंग गुप्ता र अर्का एक जवानलाई काज सरुवा गरेको हो ।

    स्रोतका अनुसार उनीहरूलाई काजमा रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत शाखा अधिकृत छायालाल मोक्तानलाई माघ १२ गते सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो ।



    शुक्रबार ड्युटी सकेर निस्किने क्रममा प्रहरीले खानतलासी गर्न खोज्दा विवादित छविका छायालालले प्रहरी जवानलाई असहयोग गरी गाली गरेपछि विवाद भएको थियो ।



    त्यसपछि कुटाकुट भएको थियो । विवाद हुँदा उनले सुरुमा लात्तीले प्रहरीलाई हानेको सिसिटिभी फुटेजमा देखिएको छ । पछि सिसिक्यामेराको मोनिटर कक्षमा पनि कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो ।

    यस्तै विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले सो घटनामा संलग्न प्रहरी नायब निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगदसहित पुरस्कृत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार